ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमार्फत थप सेवा
सोमबार, १४ चैत २०७८, १५ : ००

ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस)सँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पाइथम, गुगल प्लेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ ।
उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । सेवा सञ्चालनमा आएपश्चात्, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस