तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड
सोमबार, १४ चैत २०७८, १४ : ४९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन तीनै तहको निर्वाचनमा हुने बताए ।
१२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए ।
उनले रोल्पाले माओवादी युद्धको मात्र नभइ विकासको पनि नेतृत्व गरिरहेको बताए । आन्दोलनको समयमा अफ्ठ्यारो पर्दा आफू रोल्पा आउने गरेको बताउँदै उनले १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्न रोल्पाबाट नै गएको बताए । उनले भ्युटावरले जनयुद्ध संग्रहालयको पनि काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
-
फिल्म 'द्रौपदी'ले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ : निर्देशक आचार्य
-
होलीमा अमर्यादित गतिविधि नगर्न रौतहट प्रशासनको आग्रह
-
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
-
चर्चित उपन्यास ‘बसाइँ’का लेखक रहेनन्, शब्दचित्रमा लीलबहादुर क्षेत्री
-
शयन कक्षमा बिर्सेर पनि नराख्नुहोस् यी पाँच चिज