बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्छ : रमेश लेखक

सोमबार, १४ चैत २०७८, १४ : ४७
सोमबार, १४ चैत २०७८

 नेपाली काँग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताएका छन् । साेमबारकाे केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताएका हुन् ।

 उनले भने, "हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।" काँग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनेका भनाइ छ । तर गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको मनाेविज्ञानलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए । " स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नपर्छ । केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न । तल्लो तहको भावना र स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप