बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दीपिका–अनुुष्कादेखि सलमान–आमिरसम्म : बलिउड स्टारले केमा लगानी गरिरहेका छन् आफ्नो मोटो कमाई

सोमबार, १४ चैत २०७८, १४ : १३
सोमबार, १४ चैत २०७८

बलिउडका कमाउन सक्ने फिल्मका स्टारहरु व्यवसायी बन्नु कुनै नयाँ कुरा होइन ।

दशकौँदेखि फिल्मी स्टार घर–जग्गाको खरिदमा आफ्नै पैसा लगानी गर्दै आएका छन् । तीमध्ये  धेरैजसोले फरक–फरक व्यवसायमा आफ्नो पैसा लगानी गरिरहेका छन् । विगतका केही वर्षमा सेलिब्रिटीको स्टार्ट अपप्रति अत्यधिक मोह बढेको छ । धेरैजसो स्टारहरु स्टार्टअपमा लगानी गरिरहेका छन् र यसबाट फाइदा पनि लिइरहेका छन् ।

सामान्य रुपमा फिल्मी स्टारहरु कुनै स्टार्टअपमा एकदेखि पाँच करोड वा अधिकतम १० करोड भारुसरम्मको लगानी गरिरहेका छन् । कम्पनीमा लगानी गर्न उनीहरुका लागि कुनै नयाँ कुरा होइन । तर सुरुमा यस बारे खासै खुलेर कुराकानी हुने गर्दैनथ्यो । 

तर ‘आत्मनिर्भर भारत’ अन्तर्गत स्टार्टअपलाई धेरै प्रोत्साहन दिएपछि स्टारहरुलाई स्टार्टअपप्रतिको मोह बढ्न थालेको छ । यती मात्रै होइन यसमा खुलेर कुराकानीसमेत हुन थालेको छ ।

स्टार्टअपमा लगानी

स्टारका लागि स्टार्टअप, लगानीको एउटा तरिका हुनुका साथै उनीहरुको इमेज ब्रान्डिङसँग पनि सम्बन्धित हुन्छ । कयौँ स्टार उक्त उत्पादनमा धेरै रुची देखाउँछन् जसले फ्यानमाझ उनीहरुको इमेजलाई थप  चम्काउने काम गर्छ । मनोरञ्जनको व्यवसायमा लगानी गर्न स्टारलाई सुरक्षित सम्झौता लाग्दैन । उनीहरु फरक–फरक किसिमका स्टार्टअपमा लगानी गर्दा नै सुुनिश्चित नाफा हुने विश्वास राख्छन् ।

प्रत्येक वर्ष ४ देखि ५ वटा फिल्ममा काम गरेर कमाई गर्ने मामिलामा शीर्ष स्थानमा रहेका अक्षय कुमार करिब दर्जन कम्पनीको प्रचार गर्छन् । तर स्टार्टअप लगानीका लागि उनले फिटनेस कम्पनीलाई रोजेका छन् । अक्षय कुमारले सन् २०१४ मा बनेको मुम्बई हेल्थ–टेक स्टार्टअपमा लगानी गरेका छन् । यो कम्पनीले फिटनेस डिभाइस बनाउँछ, जसले मानिसको ब्लड प्रेशर र रियल टाइम हर्ट रेट मोनिटर गर्छ ।

टिकटकमाथि प्रतिबन्ध लगाएपछि भारतको एउटा घरेलु एप निकै चर्चित भएको थियो । यसमा सलमान खानले ठूलो लगानी गरेका थिए ।

के र कसरी फेरियो ?

आफ्नो पैसा रियल स्टेटमा लगाउनुु लगभग सबै बलिउड स्टारको पहिलो रोजाईको विषय बन्दै आएको छ । पुरानादेखि नयाँ स्टार भवन, भिल्ला, फार्म हाउस र जग्गा–जमिनमा लागानी गर्छन् । आजका स्टारहरु पनि यो ‘ओल्ड स्कूल बिजनेस’ लाई सुरक्षित मान्छन् ।

तर उनीहरु ८० र ९० को दशकका स्टारको रुपमा एकै व्यवसायमा लगानी गर्न चाहदैनन् । उनीहरुको लगानी कयौँ क्षेत्रमा हुन थालेको छ । उनीहरु बालबालिका, मनोरञ्जन पार्कदेखि लिएर थुप्रै किसिमको खेलका प्रिमियर लीग टीम किन्ने र रेष्टुराँसम्म पैसा लगानी गर्दै आएका छन् । यही कारणले बलिउड  स्टार्समा स्टार्टअपमा लगानीको चलन बढिरहेको छ ।

एक समय थियो, जब ओरिजिनल डिस्को किंग मिथुन चक्रवर्तीले ऊटीको होटल व्यवसायमा लगानी गरेका थिए । हाल यो नै उनको कमाइको सबैभन्दा ठूलो माध्यम बनेको छ । आजका डान्सिङ स्टार रितिक रोशनले फिटनेस स्टार्टअपमा पनि रुचि देखाएका छन् । सलमान खानको बिइङ ह्यूम्यान ब्रान्डको बारेमा त सबैलाई थाहा नै छ ।

अमिताभ  बच्चनले पनि सन् १९९५ मा एबीसीएल नामको कम्पनी बनाएका थिए । तर मिस वर्ल्डको आयोजनाका बेला उनलाई यस्तो घाटा भयो कि उनी टाट पल्टेका थिए ।

बलिउड अब पहिलेको तुलनामा अधिक कर्पोरेट भइसकेको छ । दुुई दशक अघि बलिउडका धनी स्टार होटल वा भवनमा मात्रै लगानी गर्दथे । किनकी त्यो बेला कमाई र करको हिसाब किताब आजको जस्तो हुँदैनथ्यो । अब यसमा व्यापक परिवर्तन आइसकेको छ ।

एडलभ्वाइसका कार्यकारी उपाध्यक्ष रोहित मेहता भन्छन्, ‘हेर्नुुहोस बलिउडका मानिससँग धेरै पैसा छ । यस्तोमा केही लगानी डुुब्यो भने पनि खासै ठूलो असर पर्नेछैन । यी मानिसहरु राम्रो प्रतिफलका लागि काम गर्छन् । उनीहरुको सम्पत्ति व्यवस्थापकले नै यसमा लगानी गराउँछन् ।’

रोहित भन्छन्,‘निश्चित रुपमा स्टार्टअप फन्डिङमा धेरै सुधार आएको छ र अब सबैले यही गरिरहेका छन् । यदि कुनै स्टारसँग २५–३० करोड छ र ५–१० स्टार्टअपमा लगानी गर्छन् भने यसबाट उनीहरुलाई राम्रो प्रतिफल मिल्छ ।

केवल अक्षय मात्रै होइनन् लगानीकर्ता

दिपिका पादुुकोणको स्टार्टअप मोह अक्षय भन्दा पनि बढी छ । उनले कयौ स्टार्टअपमा लगानी गरिसकेकी छिन् । दीपिकाले हालै मात्र खुद्रा उपभोक्ता सामान बिक्री गर्ने स्टार्टअपमा पनि पैसा लगानी गरेकी छन् ।

यस बाहेक उनले फर्निचर ब्रान्ड, श्रृंगारका सामानको उत्पादन गर्ने कम्पनीमा पनि लगानी गरेकी छन् । दीपिकाले उर्जा बचत प्रविधिहरुदेखि पंखा बनाउने कम्पनीमा समेत लगानी गरेकी छिन् ।

बम्बे आईआईटीका विद्यार्थीले यो स्टार्टअप सुरु गरेका थिए । जसमा घरेलु बिजुलीलाई ६५ प्रतिशतसम्म बचाउन पंखा बनाइन्छ । उनका पति रणवीर सिंहले पनि एडटेक क्षेत्रमा लगानी गरेका छन् ।

अनुुष्का शर्माले ‘वैकल्पिक मासुु’ स्र्टाटअपमा लगानी गरेकी छिन् । यो स्टार्टअपमा उनका पति र भारतीय क्रिकेट टीमका पूर्व कप्तान विराट कोहलीको पनि पैसा लगानी भएको छ । साथै, उनीहरुले बैंगलोर बेस्ट टेक्नोलोजी कम्पनीमा पनि लगानी गरेका छन् ।

परिचित अभिनेता पंकज त्रिपाठीलाई सुरुदेखि नै खेती किसानीमा रुची थियो । उनले एग्रिटेक प्लेटफर्ममा लगानी गरेका छन् । यो कम्पनी ३० लाख किसानको एक नेटवर्क हो । पंकज त्रिपाठीका अनुुसार उनी सुरुदेखि नै ब्रान्डिङ र विज्ञापनलाई लिएर सक्रिय रहँदै आएका छन् । उनी आफ्नो रोजाईलाई प्राथमिकता दिन्छन् ।

प्रियंका चोपडादेखि  आमिर खानसम्म

रितिक रोशनको स्टाइलिङप्रति संसार दिवाना छ । उनले कपडा र विविध किसिमको  सामग्रीको एउटा स्टार्टअपमा लगानी गरेका छन् । एक स्वास्थ्य र फिटनेस स्टार्टअपमा उनले गरेको लगानी आजकाल चर्चामा छ ।

निक जोनससँग विवाह गरेर अब अमेरिकामा बस्दै आएकी प्रियंका चोपडाले व्यापक फरक फरक स्टार्टअप रोजेकी छन् । पहिले उनले कलेज एजुुकेशन स्टार्टअपमा लगानी गरेकी थिइन् र पछि पनि डेन्टङ एपमा ठूूलो लगानी गरेकी छिन् ।

आमिर खानको अनलाईन फर्निचर रेन्टल प्लेटफर्ममा लगानी छ । त्यसो त एक पेमेन्ट गेटवे स्टार्टअपको ब्रान्ड एम्बेस्डर पनि उनी रहेका छन् ।

आलिया भट्टले सन् २०१७ मा एक यस्तो कम्पनीमा लगानी गरेकी थिइन्, जसलाई भारतको पहिलो अनलाईन स्टाइलिङ प्लेटफर्म मानिन्थ्यो । केही समय अघि उनले आईआईटी कानपुरसँग जोडिएको एउटा स्टार्टअपमा पनि लगानी गरेकी थिइन् । यो कम्पनीले साइकलमा फूलको सजावटको काम गर्दथ्यो ।

श्रद्धा कपुरले गत वर्ष एक ब्यूूटी ब्रान्डमा लगानी गरेकी थिइन् । सन् २०१७ मा बनेको यो कम्पनी अनलाईन ब्यूटी उत्पादनले  सीधै ग्राहकको घरमा पुु¥याउने काम गर्दथ्यो । आफ्नो स्वयंको मेकअप ब्रान्ड लन्च गरिसकेकी करिना कपुर खानले हालैमा आईपीओ ल्याउने फेसन र ब्यूूटी ब्रान्डमा लगानी गरेकी थिइन् ।

उनकी दिदी करिश्मा कपुुरले अनलाईन बेबी प्रडक्ट कम्पनी र करिनाकी साथी मलाईका अरोडाले जूस र अन्य प्रडक्ट जस्ता स्टार्टअपमा लगानी गरेका छन् ।

ऐश्वर्या राय बच्चनले आफ्नी आमासँग मिलेर जुन स्टार्टअपमा लगानी गरेकी छिन् त्यो एक बैंगलोरको स्टार्टअप कम्पनी थियो । जसले हावाको गुुणस्तर मापन गर्ने मेसिन बनाउँछ ।

आयुुष्मान खुरानाले पुुरुषका लागि कम्पलीट ग्रुमिङ प्रोडक्ट बनाउने स्टार्टअपमा लगानी गरेका छन् । सन् २०१५ मा बनेको यो कम्पनी गुरुग्रामको हो ।

फिटनेसतर्फ बढेको प्रवृत्ति

ठगीका आरोपी सुकेस चन्द्रशेखरसँगको मित्रताका कारण आजकल व्यापक चर्चामा आएकी  ज्याकलिन फर्नान्डिसले जुस बनाउने एक कम्पनीमा लगानी गरेकी छिन् ।

मांशाहारीका लागि बनेको विज्ञापनको माध्यमबाट आफ्ना काका अनिल कपुुरका साथ मानिसलाई लोभ्याउने अर्जुन कपुरले होम डेलिभरी कम्पनीमा लगानी गरेका छन् ।

सुनील सेट्ठीले एक अनलाइन फिटनेस कम्युनिटी स्टार्टअपमा लगानी गरेका छन् । सुनीलले कोरोना कालमा लकडाउनको अवधिमा स्वास्थ्यसँग जोडिएको उत्पादन र यसको शिक्षालाई बढावा दिएको थियो ।

उनी भन्छन्,‘म चाहन्छु कि विश्वले भारतको खाना सबैभन्दा स्वस्थ मानोस् । आत्मनिर्भर भारतको अर्थ नै हामी आफ्नो खजानालाई विश्व सामु लिएर जाऔँ र हाम्रो परम्परागत सामानमा कत्तिको  तागत छ भनेर देखाऔँ ।’

नियमित रुपमा योग गर्ने शिल्पा सेट्ठीले करिब ४ वर्ष अघि एक बेबिकेयर स्टार्टअपमा करिब १.५ करोड लगानी गरेकी थिइन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप