शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी

सोमबार, १४ चैत २०७८, १३ : ५९
सोमबार, १४ चैत २०७८

कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो । 

कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गराएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएकोमा एक हजार ५९ महिला र चार हजार ११३ पुरुष गरेर पाँच १७२ जनाले आवेदन दिएका छन् ।

दैलेखमा ८९३ माग भएकोमा ४८४ महिला र दुई हजार १८९ पुरुष गरेर २६७३ जनाले आवेदन दिएका छन् । जाजरकोटमा ७८४ जना म्यादी प्रहरीको माग गरिएकोमा ४२५ महिला र एक ६३१ पुरुष गरेर दुई हजार ५६ जनाले आवेदन दिएका छन् ।

रुकुम पश्चिममा ६७७ जना म्यादी प्रहरीको माग भएकोमा ५०६ जना महिला र एक हजार ५०४ पुरुष गरेर दुई हजार १० जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सल्यानमा एक हजार ७३ म्यादी प्रहरीको माग गरिएकोमा ७०६ महिला र दुई हजार ७०२ जना पुरुष गरेर तीन हजार ४०८ जनाले आवेदन दिएका छन् । 
कालिकोटमा ८०४ म्यादी प्रहरीको माग गरिएकोमा २४५ महिला र एक ९७ पुरुष गरेर एक ३४२ जनाले आवेदन दिएका छन् ।

जुम्लामा ७६८ म्यादी प्रहरीमा माग गरिएकोमा ५३१ जना महिला र एक ७५४ जना पुरुष गरेर २२८५ जनाले आवेदन दिएका छन् । मुगुमा ४६९ म्यादी प्रहरीको माग गरिएकोमा १७६ महिला र ८६१ जना पुरुष गरेर एक हजार ३७ जनाले आवेदन दिएका छन् ।

डोल्पामा ५६८ म्यादी प्रहरीको माग गरिएकोमा २०५ जना महिला र ५४२ जना पुरुष गरेर ७४७ जनाले आवेदन दिएका छन् ।  हुम्लामा ४१६ जना म्यादी प्रहरीको माग गरिएकोमा ९९ जना महिला र ४२५ जना पुरुषले आवेदन दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप