बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बुटवलमा ९ करोडको लागतमा खानेपानी ओभरहेड ट्याङ्की शिलान्यास

सोमबार, १४ चैत २०७८, १३ : ५५
सोमबार, १४ चैत २०७८

बुटवलको मैनाबगरमा एक हजार जनालाई  पुग्ने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ९ करोड लगानीमा मैनाबगरको अटो भिलेजमा खानेपानी ओभरहेड ट्याङ्की  गरिएको हो । 

लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजनाको शिलान्यास गर्दै  व्यवसायीलाई स्वामित्व हस्तान्तरण गर्न सके उनीहरुले अपनत्व महसुस गर्ने बताए । उनले उक्त क्षेत्रमा निर्माण हुन लागेको करिडरले अटो क्षेत्र प्रभावित नहुने गरि विकल्पका बारे छलफल गर्न जरुरी रहेको समेत उपाध्यक्ष क्षेत्रीले बताए । 

कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुल्सीराम न्यौपानेले खानेपानी आयोजना सम्पन्न भएपछि मैनाबगर अटो भिलेज र यस आसपासका  हजार घर परिवार लाभान्वित हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप