सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

सोमबार, १४ चैत २०७८, १३ : ०८
सोमबार, १४ चैत २०७८

बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् ।

 गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द भएका जनाइएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार नै विद्यालय बन्द भएका गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए । 

गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने सूचारु रहने जनाइएको छ । शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछ ।  सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप