विन लघुवित्तले लगानीकर्तालाई साढे ११ प्रतिशत लाभांश दिने
सोमबार, १४ चैत २०७८, १३ : ०१
विन लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी साढे ११ प्रतिशत बोनस सेयर दिने भएको हो ।
लघुवित्तको ७९औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको चुक्ता पूँजीबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँ छ । यसको ११ प्रतिशत हुन आउने ६७ लाख ६५ हजार रुपैयाँ बोनस वितरण गर्ने भएको हो ।
यस्तै, चुक्ता पूँजीको ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँ नगद वितरण हुन्छ । यो नगद लगानीकर्ताले पाउने बोनस सेयरको कर प्रयोजनका लागि दिइने लघुवित्तले जनाएको छ । लघुवित्तको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार