मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

सोमबार, १४ चैत २०७८, १२ : ५७
सोमबार, १४ चैत २०७८

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने क्रममा ५ जना पक्राउ परेका छन् । खोटेहाङको गाउँपालिका(३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् । 

बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुलि, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप