बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

सोमबार, १४ चैत २०७८, १२ : ४६
सोमबार, १४ चैत २०७८

फोटोन स्कटल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा  आउने भएको छ ।  टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने  नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले जानकारी दिएको हो ।

कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन । तर  कम्पनीका सेल्स हेड नबिन आचार्यले भने,  “पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन  टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोन कायम राख्नेछ ।”  

कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८  हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ ।

पावर, लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप