शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

सोमबार, १४ चैत २०७८, १२ : ४३
सोमबार, १४ चैत २०७८

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

“हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो । उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेका जनाइएको छ ।  

उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए । घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप