कुनै बेला करिष्माको हात मागेका थिए, अब एक्लै बस्न चाहन्छन् अक्षय खन्ना, अहिलेसम्म विवाह नगरेका सेलिब्रिटी
‘ताल, हंगामा, दिल चाहता है’ जस्ता फिल्ममा देखिइसकेका अभिनेता अक्षय खन्ना ४६ वर्षको उमेरमा पनि अविवाहित छन् । एउटा यस्तो समय थियो जब उनका पिता करिष्मा कपुरसँग उनको विवाह गराउन चाहन्थे तर यस्तो हुन सकेन । वास्तवमा विनोद खन्नाले छोरा अक्षयका लागि आफ्ना साथी रणधीर कपुरकी छोरी करिष्माको हात मागेका थिए । करिष्माकी आमाले उक्त सम्बन्ध अस्वीकार गरेकी थिइन् । करिष्माको विवाह सञ्जय कपुरसँग भयो तर अक्षयले कहिल्यै विवाह गरेनन् ।
अक्षयका अनुसार उनी एक्लो जीवनमा नै रमाउँछन् र उनलाई विवाह वा बच्चामा कुनै रुची छैन । विवाह मन नपराउने स्टारकिड उनी एक्ला होइनन् । आउनुहोस्, आज त्यस्ता कलाकारबारे जानकारी लिऔः
सलमान खानः
सलिम खानका छोरा तथा बलिउडका भाइजान सलमान खान ५६ वर्षको उमेरमा पनि सिंगल लाइफमा रमाइरहेका छन् । सलमान वर्षौं अघि संगिता बिजलानीसँग विवाह गर्ने तयारीमा थिए, उनीहरुको विवाहको तयारी पनि भइसकेको थियो तर अन्तिम समयमा यी दुईले आफ्नो निर्णय बदले । त्यसपछि सलमानको नाम ऐश्वर्या, कट्रिना कैफसँग जोडियो, तर विवाह भने हुन सकेन । सलमान हरेक पटक विवाहको कुरालाई यत्तिकै टार्ने गर्छन् ।
कपुरः
जितेन्द्रका छोरा तुषार कपुरलाई पनि विवाहमा रुची छैन । यद्यपि, उनले सरोगेसीमार्फत् आफ्नो परिवार सुरु गरे । ४५ वर्षका अभिनेताको एउटा छोरा छन् जसको नाम लक्ष्य कपुर हो ।
एकता कपुरः
जितेन्द्रकी छोरी एकता कपुरले पनि विवाह गरेकी छैनन् । एकताले थुप्रै पटक अन्तरवार्तामा विवाह नगर्ने विचार राखिसकेकी छिन् । एकताको घरमा सन् २०१९ मा सरोगेसीमार्फत् छोरको जन्म भएको छ जसको नाम रवि हो ।
करण जोहरः
चर्र्चित निर्माता यश चोपडाका छोरा करण जोहर ४९ वर्षको उमेरमा पनि अविवाहित छन् । करणलाई विवाहमा रुची छैन तर सरोगेसीमार्फत् उनका दुई सन्तान यश र रुही छन् ।
मुखर्जीः
तनुजाकी कान्छी छोरी तनिषा मुखर्जीले ४४ वर्षको उमेरमा पनि विवाह गरेकी छैनन् । नायिकाको नाम अभिनेता अरमान कोहलीसँग जोडिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण