फुटबल टोली आज स्वदेश फर्कने
सोमबार, १४ चैत २०७८, १२ : २४
नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो ।
एएफसी एसिया कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
-
तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ