फुटबल टोली आज स्वदेश फर्कने

person explore access_timeचैत १४, २०७८ chat_bubble_outline0

नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 


नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । 



एएफसी एसिया कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेलेको थियो । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।