बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

२२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

सोमबार, १४ चैत २०७८, १२ : २१
सोमबार, १४ चैत २०७८

नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १२८ दिने र ३६४ दिने अर्थात् एक वर्षको गरी चार किसिममा कुल २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । 

इच्छुक लगानीकर्ता (खरिदकर्ता) ले आज दिउँसो ३ बजेसम्म बिल खरिदका लागि दरखास्त दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि ३ अर्ब र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । 

बिलको बाँडफाँड भने कुल निष्काशनको ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप