एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?
![एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?](https://rpcdn.ratopati.com/media/albums/2_film_6bkeyzRxPo.jpg)
पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।
यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश अभिनित फिल्म हो । प्रशान्त निल निर्देशित फिल्मले आइतबार ट्रेलर सार्वजनिक गरेको थियो । फिल्ममा यश, संजय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका रहेको छ ।
‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशन रहेको फिल्म हो । ‘केजीएफ-२’का कारण फिल्मको रिलिज मिति सर्न सक्ने र सार्नु पर्ने चर्चा चलचित्र क्षेत्रमा हुन थालेको छ । निर्देशक झरना थापा भने फिल्म रिलिज मिति नसार्ने बताउँछिन् । ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप