रुसमाथिको प्रतिबन्ध हटाउन बेलायती सर्त
रुस युक्रेनबाट फिर्ता भएमा बेलायतले प्रतिबन्ध हटाउन सक्ने बताएको छ । रुसले अन्य उग्र व्यवहार पनि देखाउन नहुने सर्त बेलायतले राखेको बेलातयकी विदेश मन्त्री लीज ट्रसले खुलाएकी छन् । सन्डे टेलिग्राफको एक अन्तर्वार्तामा रुसले पूर्ण रुपमा युद्धविराम गर्नुपर्ने र युक्रेनबाट फिर्ता हुनुपर्ने बताएकी हुन् । प्रतिबन्धलाई कडा उपाय भएको र रुससँगको वार्तामा यो प्रयोग हुने पनि उनले बताएकी छन् ।
प्रतिबन्ध हटाउनुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान रोक्नुपर्ने ट्रसले बताएकी छन् । यदि भविष्यमा मस्कोले युक्रेनमाथि उग्र व्यवहार देखाएमा पुनः प्रतिबन्ध लगाउने सम्भावना भएको समेत उनले बताइन् ।
आफूले विदेश मन्त्रलायमा विशेष छलफल एकाइ स्थापना गरेको र यो टोलीले भावी शान्तिको वार्ता गर्न सक्ने उनले बताइन् । रुसमाथिको प्रतिबन्ध पूरै हटाउन सकिने विषयको बारेमा बोल्ने उनी पहिलो बेलायती अधिकारी हुन् ।
योभन्दा अगाडि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेनले पनि उनीहरुका लागि प्रतिबन्ध स्थायी रुपमा लगाउने गरी नआएको बताएका थिए । यदि पुटिनले आक्रामक व्यवहार रोकेमा आर्थिक प्रतिबन्ध पनि रोकिने उनले बताएका छन् ।