त्रिकोणात्मक सिरिजका लागि रोहित टिममा
सोमबार, १४ चैत २०७८, ११ : २०

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि रोहित पौडेल टिममा थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई टिममा समावेश गरेको जनाएको छ । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि समेत टोलीमा स्थान दिइएको छ ।
टी–ट्वान्टी सिरिजमा नेपालले आज (सोमबार) पीएनजीसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने पीएनजी र नेपालबीचको खेल १२ः३० मा सुरु हुनेछ । नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दैछ । रोहितले यसअघि पीएनजीविरुद्धको एकदिवसीय सिरिजमा शतक प्रहार गरेका थिए । उनले १२६ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा राजस्व बढाउन गठित अध्ययन समितिले थाल्यो काम
-
बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
-
इन्डियन प्रिमियर लिग क्रिकेटको सुरुवाती चरणको खेलमा देखिने छैनन् यी चर्चित खेलाडी
-
शान्तिश्रीको ‘नगर मायाले मुख छुच्चो’मा विक्रम र जुनाको अभिनय
-
‘मितज्यू’बाट फिल्म अभिनयमा डेब्यु गर्दै तेरिया