आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीले भने, ‘तटस्थ स्थिति बनाउनका लागि रुससँग कुरा गर्न तयार’

सोमबार, १४ चैत २०७८, १० : ५७
सोमबार, १४ चैत २०७८

युुक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग अर्को चरणको वार्तामा उनको प्राथमिकता सम्प्रभुता र क्षेत्रीय अखण्डता हुने बताएका छन् ।

यस हप्ता टर्कीमा दुई देशबीच शान्ति वार्ता हुँदैछ ।

यो वार्ता अघि उनले भने, ‘सुरक्षाको प्रत्याभूति हाम्रा लागि सबैभन्दा बढी आवश्यक छ ।’

‘यो जगजाहिर छ कि हाम्रो हाम्रो लक्ष्य शान्ति हो र हाम्रो देशमा छिटोभन्दा छिटो सामान्य जीवन फर्कनुपर्ने छ ।’

यसअघि जेलेन्स्कीले एक स्वतन्त्र रुसी मिडियालाई दिएको ९० मिनेटको अन्तरवार्तामा रुससँग शान्ति सम्झौताअन्तर्गत आफूहरु एक तटस्थ स्थिति बनाउनका लागि कुराकानी गर्न तयार भएको बताएका छन् । उनका अनुुसार यसका लागि एक तेस्रो पक्ष यसको ग्यारेन्टीमा समावेश हुनुपर्ने हुन्छ र जनमत संग्रह गर्नुपर्ने हुन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भिडियो कलमार्फत् दिएको उक्त अन्तरवार्तामा जेलेन्स्कीले भने, ‘सुरक्षा ग्यारेन्टी र तटस्थता, हाम्रो राज्यको गैर परमाणु स्थिति, हामी यसका लागि तयार छौँ । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ । ’

युक्रेनी राष्ट्रपतिले रुसी भाषामा दिएको अन्तरवार्तामा रुसको हमलाले युक्रेनमा रुसी भाषीको शहर ध्वस्त पारेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप