बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एक पिताले एकै पटक जन्मेका पाँच बच्चालाई आधा म्याराथन धकेलेर राखे विश्व रेकर्ड

सोमबार, १४ चैत २०७८, १० : ००
सोमबार, १४ चैत २०७८

क्यालिफोर्नियाका एक धावकले एकै पटक जन्मेका आफ्नै पाँच बच्चालाई म्याराथनको आधा दूरीसम्म धकेलेर गिनिज वर्ल्ड रेकर्ड  राखेका छन् । उनले यो दूरी २ घन्टा १९ मिनेटको अवधिमा पूरा गरेका थिए । ​ओकल्यान्ड म्याराथनमा चाड केम्पेलले आइतबार आधा म्याराथन पूरा गरेका हुन् । उनले सानो बग्गीमा राखेर ४ वर्षका पाँच बच्चालाई धकेलेका हुन् । ‘उनीहरुले भनिरहेका थिए, छिटो दौडनुहोस् ड्याड । म पसिनायुक्त भएको छु । ‘मलाई पनि थाहा छैन कि म पनि टाढा जान सक्छु भनेर,’ क्याम्पेलले बताए । यो कत्तिको गह्रुँगो होला भन्ने पनि मैले बिर्सिएको थिए । यो पनि विशेषगरी पहाडमा जाँदा । 

केम्पेलले उनको १३.१ माइलको दौड २ घन्टा १९ मिनेटमा पुरा गरेका थिए । उनले यो सहित २ घन्टा ३० मिनेटको अघिल्लो रेकर्ड तोडेका हुन् । ‘यस्तो गर्ने म पहिलो व्यक्ति हुँ,’ उनले बताए ।

केम्पेलले पहिले १० के रेस र पाँचवटा बच्चालाई पूर्ण म्याराथन गराएर गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । केम्पेलले आफूले गिनिज वर्ल्ड रेकर्ड पुरा गर्ने विषयमा आपूm विश्वस्त रहेको बताएका थिए । तर उनले आगामी दिनमा अझ धेरै दौडने योजना बनाएको र छोराछोरी पनि उनीसँगै दौडनेछन् भन्ने विश्वास लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप