शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन

सोमबार, १४ चैत २०७८, ०८ : २५
सोमबार, १४ चैत २०७८

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।

माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार बनाउने  निर्णय गरि  प्रदेशमा सिफारिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप