शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्यानडा विश्वकपमा छनोट

सोमबार, १४ चैत २०७८, ०७ : १७
सोमबार, १४ चैत २०७८

क्यानडा फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । आइतबार राति भएको खेलमा जमैकामाथि ४–० गोलको सहज जित निकाल्दै क्यानडाले विश्वकपमा स्थान पक्का गरेको हो । क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो । 

विएमओ फिल्ड क्यानडामा घरेलु टोलीको जितका लागि सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको १३औं मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए । टाजोनले ४४औं मिनेटमा गोल गर्दै क्यानडाको अग्रता दोब्बर पारे ।

८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दा क्यानडाले ३–० गोलको अग्रता बनायो । ८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० गोलको जित निकाल्न सफल भयो । यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ । पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप