आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा हातहतियार बुझाउन निर्देशन

सोमबार, १४ चैत २०७८, ०७ : ०८
सोमबार, १४ चैत २०७८

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी ईकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन सुचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन उल्लेख छ । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न रुपन्देही जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो । निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन सकिन्छ ।

गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार निर्वाचन पश्चात् हातहतियार फिर्ता हुनेछ । बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

कोही–कसैले कुनै पनि इजाजत वा  बिनाइजाजतका हातहतियार राखेको भए पनि आगामी चैत मसान्तसम्म स्वतःस्फूर्त रूपमा बुझाउन सकिन्छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा वा यस अवधिमा भेटिएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने कार्यालयले जानकारी दिएको छ ।

कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भएपनि बुझाउन सकिने व्यवस्था पहिलै देखि नै छ । जिल्लामा विभिन्न समय भूमिगत समूहहरुले पनि हातहतियार कार्यालयमा बुझाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप