चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने
सोमबार, १४ चैत २०७८, ०७ : ०५

चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।
त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ ।
चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो । संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ
-
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो
-
आईसीसी यू१९ विश्वकप छनोट : मैदान नसुकेपछि नेपाल र यूएईबिचको खेलमा ढिलाइ
-
२०८१ साल : कूटनीतिक क्षेत्रमा उतार–चढावको वर्ष
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना