सरकारको निरन्तरताका लागि तालमेल
काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। 'घरघर जाऔँ काँग्रेस जिताऔँ' अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बत्ती छलफल चलिरहेको छ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। सबैको धारणा आइसकेपछि एउटा निर्णयमा पुग्ने भन्दै प्रवक्ता महतले अन्य दलसँग गठबन्धन गरेर चुनावमा गए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरे पनि धेरैभन्दा धेरै पालिका र वडामा अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्यहरूको धारणा आइरहेको बताए।
बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल सरकारको निरन्तरतासँग पनि जोडेका छन्। केन्द्रीय सदस्य पुष्पा भुसाल, जीवनबहादुर शाहीलगायतले अहिले गठबन्धनको सरकार भएको भन्दै यो सरकारको निरन्तरताका लागि पनि निर्वाचनमा सत्ताघटक दलहरूबीच गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए। आगामी निर्वाचनमा हुने गठबन्धनलाई सरकारको निरन्तरताको विषयसँग गाँसेर हेर्नुपर्ने धारणा आए पनि धेरैजसो केन्द्रीय सदस्यले आवश्यकताको आधारमा स्थानीय संरचनाले नै गठबन्धनबारे निर्णय लिनुपर्ने धारणा राखेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी