बैंंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित
पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो ।
पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३–४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन बनाउँदा ओडेन स्मिथले २५ रन तथा सारुख खानले २४ रन जोडे । बलिङतर्फ बैंंग्लोरका लागि मोहमद सिराजले दुई विकेट लिए । त्यस्तै आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बैंंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । बैंंग्लोरका लागि कप्तान फाफ डू प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै विराट कोहलीले ४१ रन बनाउँदा दिनेश कार्तीक ३२ र अनुज रावतले २१ रन जोडे ।
बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक–एक विकेट लिए । जितसँगै पन्जाबले लिगमा एक खेलबाट २ अंक जोडेको छ । पराजित बैंंग्लोरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता
-
ऊर्जा मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि इप्पानद्वारा १७ बुँदे सुझाव
-
२ लाख ‘एचपीभी’ खोप ल्याइँदै