शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पसलमा आगजनी भएपछि धनुषामा प्रहरी र स्थानीयवासीबीच झडप

आइतबार, १३ चैत २०७८, २२ : २७
आइतबार, १३ चैत २०७८

धनुषाको विदेह नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । सो नगरपालिकाको तिनकौरीया चोकको एक पसलमा आगजनी भएको विषयलाई लिएर आक्रोशित स्थानीयवासी र प्रहरीबीच आइतबार झडप भएको हो । 
स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गर्दै आएको शान्ता पान पसलमा आगजनीको विषयलाई लिएर स्थानीयवासीले आइतबार बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । सोही सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास सेल प्रहार गरेको थियो । झडपमा २ जना प्रहरी सामान्य घाइते भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

झडपलगत्तै प्रहरी प्रशासन, स्थानीयवासी र जनकपुर उद्योग वाणिज्य संघबीच त्रिपक्षीय वार्ता भएको थियो । वार्तापछि ३ बुँदे सहमति भएको जनाइएको छ । मण्डलले शान्ता पान पसलमा मोटर पार्ट्स तथा कस्मेटिक पसल समेत सञ्चालन गर्दै आएका थिए ।

शनिबार राति सो पसलमा मोटरसाईकलमा आएको अज्ञात समूहले आगजनी गरेको पसल सञ्चालक मण्डलको आरोप छ । उनका अनुसार आगजनीबाट २० लाखभन्दा बढीको क्षति भएको छ ।
पसलमा आगजनी गरिएको विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप