बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

आइतबार, १३ चैत २०७८, २२ : ०९
आइतबार, १३ चैत २०७८

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिउँदे अधिवेशन प्रारम्भ भएको हो ।  अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेको लगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो ।

अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्वयनको अवस्था, सरकारका काम कारवाही, बजेट तर्जुमा र कार्यान्वयनको अवस्थाका बारेमा गम्भीर ढङ्गले समीक्षा गर्ने समय आएको बताए । उनले प्रतिपक्षीका आवाजलाई नसुनेर सहमति र सहकार्य विपरीत ढङ्गले सरकार अघि बढ्दा जनताका समस्या समाधान हुन नसकेको उल्लेख गरे ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का लीलाधर भट्टले केन्द्रको गठबन्धन सरकारका कारण नेपालको आर्थिक अवस्था कमजोर  बनेको बताउनुभयो । जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले चारवर्षे कार्यकाल पूरा गरेको प्रदेश सरकार सबैतिर असफल हुँदा जनतामा निराशा छाएको बताए । । नेकपा (माओवादी केन्द्र) का वीरमान चौधरीले उपलब्ध स्रोत साधनका आधारमा सरकारले जनअपेक्षाअनुसार पर्याप्त काम गरेको बताए ।

 बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गरिन् । अधिवेशनका प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

सभामुख थापाले प्रदेशसभाले पारित गरेको सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप