शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप वसन्तपुरमा हुने

आइतबार, १३ चैत २०७८, २० : ३८
आइतबार, १३ चैत २०७८

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम हेरिटेज आरडब्लू राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ । हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट च्याम्पियनले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 रेफ्री प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् । काठमाडौंको बसन्तपुर डबलीमा हुने एकदिने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । 

राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकासहित अन्य संस्थाको सहयोग रहने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप