बढ्यो स्थानीय तह चुनावका लागि मतदान स्थल र केन्द्र, यस्तो छ आंकडा
आइतबार, १३ चैत २०७८, २० : ५०

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र केन्द्रको संख्या थप भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाता संख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र थप गर्ने निर्णय भएको हो ।
आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो ।
२०७४ मा सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल रहेको थियो । आयोगले आगामी निर्वाचनको लागि अन्तिम मतदाता विवरण सार्वजनिक गरेको छ । जसअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड