७३ साना दललाई उनीहरुकै चिन्हमा चुनाव लड्न दिने आयोगको निर्णय
आइतबार, १३ चैत २०७८, २० : ५०
निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।
त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे शनिवार छलफल भएको र आइतबारको बैठकले निर्णय गरेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा रहेको प्रावधान अनुसार राष्ट्रिय मान्यता नपाएका दलहरुले आफ्नो पार्टीको चिन्ह लिएर चुनावमा भाग लिन नपाउने अवस्था थियो । उनीहरुले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने अवस्था आएपछि विरोधका कार्यक्रम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बाढी पहिरोका कारण ४९ जनाको मृत्यु
-
बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन समिति बैठक
-
हसन नसरल्लाहको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनले के भने ?
-
आईपीएल क्रिकेट : क्लबले ६ खेलाडी ‘रिटेन’ गर्न पाउने , फेरि ‘आरटीएमसी’ नियमको प्रवेश
-
पीडित नागरिकको उद्धारमा सरकारको चरम उदासीनता देखियो : प्रचण्ड
-
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्दै