शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोनको साइडमा भएको छोटो लाइन अत्यन्त जरुरी, यो बिना हुदैन कल र मेसेज

आइतबार, १३ चैत २०७८, १९ : १३
आइतबार, १३ चैत २०७८

कयौं वर्षदेखि हामी विभिन्न मोडलको फोन देख्दै आएका छौँ । चाहे त्यो फ्लिप फोन होस वा स्लाइड आउट फोन । धेरै फोनहरु धेरै हदसम्म उस्तै देखिन्छ । फरक यती हुन्छ, कुनै फोनको बटन एकातिर हुन्छ भने केही फोनको अर्कोतिर । तर कयांै पटक फोनको महत्वपूर्ण क्षेत्रमा हामी सोच्दैनौ । तपाईले पनि यस्तो कुरामा ध्यान दिनु भएको छैन होला ।

के तपाईले कहिले फोनको साइडमा राखिएको लाइनलाई देख्नुभएको छ ? यदि  छ  भने यो के हो भन्ने तपाईलाई थाहानै होला । यदि छैन भने आज हामी तपाईलाई बताउन गइरहेका छौँ ।

फोनको साइडमा राखिएको यो लाइनको अर्थ के हो ?
फोनको साइडमा राखिएको यो लाइनको अत्यन्त ठूलो महत्व छ ।  यो एन्टेना लाईन हो । आजकल कयौ फोनमा यो लाइन राख्न थालिएको छ । यो लाइनले वास्तवमा सानो झ्यालको रुपमा काम गर्छ । तर यो प्रकाशका लागि नभएर रेडियो वेब्सका लागि हुने गर्छ । तपाईको फोनमा इन्टरनल ब्लूटूथ, वाइफाइ र एलटीई/फाइभ–जी एन्टिनाबाट जुन वेब्स आउछ यसले तपाईको फोनलाई इन्टरनेटसँग जोड्छ । यो इलेक्ट्रोम्याग्नेटिक वेबसाइट हो । यसले तपाईको फोनलाई एक वास्तविक संचार डिभाइस बनाउँछ ।

यद्यपि सबै फोनलाई यी लाइनको आवश्यकता पर्दैन । जुन फोन पहिलेनै प्लास्टिकबाट बनेको हुन्छ , यसले रेडियोवेब्सलाई अत्यन्त पारदर्शी हुन्छ । यसै किसिमले सीसाले रेडियो वेब्सलाई अनुमती दिन्छ । तर यो प्लास्टिकको जस्तो सहज हुँदैन ।

अब कुरा गरौं ग्लास बैंक भएको फोन जसमा धेरै धातुको फ्रेम हुन्छ । यसमा अझै पनि   केही साना एन्टिना लाइन हुन्छ । एन्टिना लाइन फोन डिजाइनका लागि कुनै जादुको छडी होइन । तर यो तपाईको हातबाट अवरोध पुग्यो भने तपाईलाई नेटवर्क वा इन्टरनेट प्राप्त गर्नमा समस्या आउन सक्छ ।

यदि पुनः तपाईलाई एक मजबुत इन्टरनेट कनेक्सन प्राप्त भएन भने र फोनमा यो छोटो लाइन प्राप्त भयो भने यसलाई नढाक्न सुनिश्चित गर्नु आवश्यक छ । यही एक यस्तो चिज हो, जसले तपाईको फोनलाई क्यालकुलेटर भन्दा कयौ बढी काम गर्न सक्ने डिभाइसको रुपमा परिणत गर्छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप