स्थानीय निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । बैशाख ३० गते हुने चुनावका लागि मतदाता नामावली माथिको दावी विरोधपछि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कायम भएको एक आयुक्तले रातोपाटीलाई जानकारी दिए ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला, र अन्य १ सय ८३ मतदाता रहेका छन् । यसअघि भएको २०७४ सालको निर्वाचनपछि हालसम्म ३६ लाख हाराहारी मतदाता संख्या बढेको छ । पाँच बर्षको अवधीमा ३६ लाख ५९ हजार दुई सय ९९ मतदाता बढेको हो । पाँच वर्षअघि १ करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता कायम थियो ।
अन्तिम मतदाता विवरण आयोगको वेवसाइट मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले यसअघि मतदाता नामावलीमाथि दावी विरोधका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहमा मतदाताको सूची टाँस गरेको थियो ।
आयोगको निर्वाचन कार्यतालिका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि बैशाख ११ देखि १२ गतेसम्म उमेदवार मनोनयन पत्र दर्ता गर्ने, बैशाख १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गर्ने, बैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उमेदवारमाथिको दावी विरोधको समय तोकिएको छ ।
यस्तै बैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने, बैशाख १५ गते उमेदवारको नामावली प्रकाशन गर्ने, बैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र १६ गते नै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै बैशाख १७ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?