शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी प्रेस संगठनको विधान पारित

आइतबार, १३ चैत २०७८, १८ : ५९
आइतबार, १३ चैत २०७८

समाजवादी प्रेस संगठन नेपालको विधान २०७८ सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार काठमाडौंमा बसेको संगठनको पहिलो विस्तारित बैठकले उक्त विधान पारित गरेको हो । बैठकमा  ३ सय ५० जना समाजवादी प्रेस संगठनका संस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी रहेको महासचिव भुपराज खड्काले जानकारी दिए ।

संगठनको बैठकले महासचिब भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिवेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै वरिष्ठ पत्रकार एवं संगठनका संस्थापक टंक पन्तले प्रस्तुत गरेको २० बुँदे महत्वपुर्ण प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरेको छ । बैठकमा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्तक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको विमोचन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गीतहरुको सार्वजनिक समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप