जमल, महाराजगंज र जरङखुमा एभरेष्ट बैंकको नयाँ शाखा खुल्यो
आइतबार, १३ चैत २०७८, १८ : २२
एभरेष्ट बैंक लिमिटेडले आइतबार राजधानीको जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् ।
त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्ग र काठमाडौं महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरे भने जरङखु शाखाको उद्घाटन बैंकका संचालक डा. बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरे ।
उक्त उद्घाटन समारोहमा बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धकसन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने