किसानले मोबाइलबाटै माटोको गुणस्तर र बालीको रोग पत्ता लगाउन सक्ने
कृषकहरूले मोबाइलबाट आफैँले माटोको गुणस्तर नाप्न सक्ने भएका छन् । महिला विकास समाज (बोडेस)मा सक्रिय महिना प्राविधिकहरूको समूह ‘इम्प्याक्टर्स’ले मोबाइलबाटै माटोको गुणस्तर पत्ता लगाउने मेसिन बनाएका हुन् ।
सोलार र ब्याट्री जडित यो मेसिन खेत वा बारीमा राख्दा माटोको गुणस्तर देखाउने छ । मेसिनले खेतीयोग्य जमिनको माटोको गुणस्तरसँगै माटोमा रहेको रोगबारे समेत जानकारी दिन्छ । मेसिनको एउटा भाग माटोमा गाडेपछि आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट माटोको सम्पूर्ण जानकारी दिने इम्प्याक्टर्सको भनाइ छ ।
माटोमा गाडिएको मेसिनको एउटा भागले गुणस्तर र रोग पत्ता लगाउने र त्यो जानकारी ‘साथ’ नामक एपमार्फत दिने बताइएको छ । मेसिनले माटोमा रहेको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लताको अवस्था जानकारी दिन्छ । सोहीअनुसार खेतिपातीमा किसानलाई सहयोग पुग्ने इम्प्याक्टर्सको अपेक्षा छ ।
यो सफ्टवेयरले बालिनालीमा लाग्ने २६ किसिमको रोगको पहिचान गर्न सक्छ । हाल यस मेसिनले धान, गहुँ, केरा, गोलभेँडा, आलु, जुट तथा कफिलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्छ ।
यो मेसिन इन्टरनेट वा क्लाउड पूर्वाधार विनै सञ्चालन हुन्छ । जसले दुर्गम भेगका किसानलाई थप सहयोग पुग्ने इम्प्याक्टर्सले बताएको छ । यो मेसिन र ‘साथी’ मोबाइल एप १६ जना महिलाहरूको समूहले बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’