शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा पसलमा आगलागी, प्रहरी र स्थानीयबीच झडप

आइतबार, १३ चैत २०७८, १८ : १२
आइतबार, १३ चैत २०७८

एक पसलमा आगजनी भएको विषयमा धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा भएको  झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको हो ।

शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको पसलमा आगजनी भएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेको थियो । ५० मिटर नजिकै रहेको तीनकौरिया स्थित प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजनी गरेको भन्दै आक्रोशित स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

सडक खण्ड खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । अवस्थालाई नियन्त्रण लिनका लागि प्रहरीले ८ राउण्ड सेल अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमजोरी रहेको स्वीकार्दै उनले प्रहरी चौकीमा कार्यरत प्रहरीलाई आन्तरिक कारबाहीको तयारी भइरहेको बताए ।

प्रहरी चौकीका इन्चार्जलाई कारबाही गरिने भएपछि मात्र स्थानीय र प्रहरीबीच वार्ताको वातावरण बनेको थियो । आगलागीले किराना पसलको सम्पूर्ण सामग्री तथा कपडासमेत जलेर करिब १० लाख भन्दा बढीको क्षति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप