चलचित्रकर्मी बने लोसपा बाग्मती प्रदेशको अध्यक्ष
आइतबार, १३ चैत २०७८, १८ : ०८
नेपाली फिल्मका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् । श्रेष्ठ गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका थिए ।
आफूले पाएको जिम्मेवारी कटिबद्ध भएर निर्वाह गर्ने करणले बताए । ‘मलाई विश्वास गरेर पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्नेछु’ करणले भने ‘म स्थानीय निर्वाचन लक्षित कार्यक्रममा आजबाटै जुटिसकेँ।’
करिब आधा दर्जन फिल्म निर्माण गरेका करणले थुप्रै फिल्म अभिनय समेत गरेका छन् । पछिल्ला समय उनी फिल्म वितरकको रुपमा सक्रिय छन् ।