काँग्रेस बैठक सोमबार पनि जारी रहने, आइतबार ५० बढी केन्द्रीय सदस्य बोले

नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहने भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठक सोमबार पुनः बस्ने गरी आजका लागि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने तय भएको छ ।
आजको बैठकमा ५० बढी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । पौडेलका अनुसार बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा.डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा.गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्र्व वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङले आफ्नो धारणा राखेका छन् ।
यस्तै आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुन जंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
यसअघि शुक्रबारको बैठकमा कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला , कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रीन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना र शान्ति परियारले आफ्नो धारणा राखेका थिए भने प्रदेश सभापतिहरू उद्धव थापा (प्रदेश न १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश) र अमरसिंह पुन (लुम्बिनी प्रदेश) ललितजंग शाही (कर्णाली प्रदेश) ले रिपोर्टिङ गरेका थिए ।
बैठकमा चुनावी गठबन्धन बनाउने वा पार्टी एक्लै अघि बढ्ने भन्नेमा बहस भएको छ । यसबारे नेताहरुको मिश्रित धारणा आएको छ । अधिकांश नेताहरुले आवश्यकताका आधारमा गठबन्धन बनाइनुपर्ने धारणा राखेका छन् ।
यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने बताएका छन् ।
उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यसपछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’ धेरै केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएको पौडेलको भनाइ छ।
‘कहाँ-कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ,’ उनले भने, ‘यो बैठकले चुनावी गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु
-
पोखराको वायु प्रदूषण `रेड जोन´मा : उडान ठप्प, जनजीवन प्रभावित
-
समान स्थितिमा रहेका कोलकाता र लखनउको भिडन्त
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए