शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल थाइल्याण्डको क्लब चोनबुरीसँग पराजित

आइतबार, १३ चैत २०७८, १७ : ४३
आइतबार, १३ चैत २०७८

नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरीसँग पराजित भएको छ । मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग ३–१ गोल अन्तरले पराजित भएको हो । चोनबुरीसँग पहिलो हाफमा १–० गोल अन्तरले पछि भएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको हो । 

नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।  नेपाल यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।

एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप