शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘ठगराज’को गीतमा दीपा र प्रताप दासको स्वर

आइतबार, १३ चैत २०७८, १७ : ४१
आइतबार, १३ चैत २०७८

लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘ठगराज’ निर्माण सुरु भएको छ । आइतबार काठमाडाैंको एवान स्टुडियोमा फिल्मको गीत ‘माया बसेको रैछ’ रेकर्डिङ गर्दै निर्माण युनिटले फिल्मको काम अगाडि बढाएको हो ।
निर्देशक सुवेदीकै शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन्, भने प्रताप दास र दीपा लामाले स्वर दिएकी छन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् ।

रंग पत्रकारबाट फिल्म निर्देशनमा फड्को मारेका सुवेदीको ‘ठगराज’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनले प्रस्तुत गर्न लागेका हुन् ।
सामाजिक कथामा कमेडी, प्रेम र सेन्टिमेन्ट बिषय समेत मिसाइएको फिल्म जेठबाट छायांकनका लागि फ्लोरमा निस्कने तयारीमा छ । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका सुवेदीले त्यसपछि ‘लाल जोडी’ बनाएका थिए । फिल्मको कलाकार र प्राविधिक पक्ष छिट्टै सार्वजनिक गर्ने निर्देशक सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप