मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जनजाति महासंघको महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरिएको आरोप

आइतबार, १३ चैत २०७८, १७ : १७
आइतबार, १३ चैत २०७८

थारू कल्याणकारिणी सभाले यही चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भत्र्सना गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाले नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरेका आरोपसमेत लगाएको हो । 

महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएको थारु कल्याणकारिणी सभासँग कुनै पनि छलफल नगरेर एकात्मक ढंगले जातिय सामाजिक संस्थालाई राजनीतिक स्वार्थ पूर्तिको लागि राजनीतिक मञ्चको रुपमा प्रयोग गरिएको सभाको आरोप छ । 

‘तराईका मुलभूमि पुत्र थारु जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अबमुल्यन समेत गरी सम्पन्न गराइएको १०औं महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भर्सना र विरोध गर्दछौं,’ थारु कल्याणकारिणी सभाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

कार्यक्रममा बोल्दै थारु युवा सभाका अध्यक्ष कनुलाल चौधरीले आदिवासी जनजाति महासंघको नीति,कार्यक्रम र योजना बनाउने सवालमा थारु समूदायलाई पच्छ्याउने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरेका छन् । 

अध्यक्ष चौधरीले आदिवासी जनजाति महासंघको महाधिवेशनमा तराईको ठूलो भूभाग ओगट्ने थारु समूदायलाई बेवास्ता गरिएको आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप