महिला विश्वकप : भारत लिग चरणबाटै बाहिरियो
भारत आईसीसी महिला विश्वकपको लिग चरणबाट बाहिरिएको छ । आइतबार दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको हो । क्रिस्टचर्चमा भएको खेलमा भारतलाई पराजित गरेको दक्षिण अफ्रिका लिगको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।
भारतले दिएको २७५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो । दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डले सर्वाधिक ८० रनको इन्निङ खेलिन् । त्यस्तै लारा गोडाल ४९ रनको योगदान गरिन् । दक्षिण अफ्रिकाकी मिग्नोन डु प्रेजले अविजित ५२ रनको पारी खेलिन् ।
बलिङतर्फ भारतका लागि राजेश्वरी गाएक्वड र हर्मनप्रित कौरले समान दुई–दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभारमा ७ विकेट गुमाएर २७४ रन बनाएको थियो । भारतका लागि स्मृति मान्दनाले ७१ रन बनाउँदा शेफली बर्माले ५३ तथा कप्तान मिथाली राजले ६८ रनको अर्धशतकीय इनिङ खेले ।
बलिङतर्फ दक्षिण अफ्रिकाकी शबनिम इस्माइल र मसाबता क्लासले समान दुई–दुई विकेट हात पारिन् । यससँगै महिला विश्वकपमा लिग चरणका खेलहरु सकिएका छन् । अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र वेष्ट इण्डिज सेमिफाइनल प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार