शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बोलायो बैठक

आइतबार, १३ चैत २०७८, १६ : ५१
आइतबार, १३ चैत २०७८

संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो । सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए । 

प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो ।  देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् । त्यो प्रस्तावमा समेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती नेताको भनाइ छ । 

पार्टीबाट निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताइएको छ । अहिलेको रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छ । 
यी दुइटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित नै छ । तर लोसपा आएको खण्डमा मन्त्रिमण्डल पुनर्गठन गरेर जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ । 

लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ  । जसपाले हालै मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चारवटा प्रशिक्षण कार्यक्रम सकाएको छ । त्यसको पनि समीक्षा हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप