सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बोलायो बैठक
संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो । सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए ।
प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् । त्यो प्रस्तावमा समेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती नेताको भनाइ छ ।
पार्टीबाट निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताइएको छ । अहिलेको रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छ ।
यी दुइटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित नै छ । तर लोसपा आएको खण्डमा मन्त्रिमण्डल पुनर्गठन गरेर जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ ।
लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ । जसपाले हालै मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चारवटा प्रशिक्षण कार्यक्रम सकाएको छ । त्यसको पनि समीक्षा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण