काँग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा
आइतबार, १३ चैत २०७८, १६ : ४७

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ । तर सुधारको प्रयास भएको छैन ।’
अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग माग गरेको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर