शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ : प्रवक्ता महत

आइतबार, १३ चैत २०७८, १६ : ४०
आइतबार, १३ चैत २०७८

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका बीचमा सञ्चारकर्मीसँग प्रवक्ता महतले चुनावी गठबन्धन हुने बताए ।

उनले भने, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ । काँग्रेस चुनावी तालमेल गर्न उदार छ ।’ स्थानीय तहमा काँग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ । यस्तै काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी थिइन् । ‘गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा छ। हामी कमजोर भएको ठाउँमा छाड्नुपर्छ । बलियो भएको ठाउँमा उम्मेदवारी दिनुपर्छ भन्ने मेरो धारणा छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप