केपी ओलीको प्रश्न : निर्वाचन आयोग किन त्रुटि सच्याउँदैन ?
आइतबार, १३ चैत २०७८, १६ : १६

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निर्णय स्वीकार्न नसकिने बताएका छन् । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताए ।
‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन’अध्यक्ष ओलीले भने,‘आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ ।’ उनले सत्तापक्षको फाइदाका लागि आयोग त्रुटि सच्याउन किन चाहँदैन ? भन्दै प्रश्न समेत गरे । साथै उनले उम्मेदवारको मनोनयन दिने २ दिने समय पनि गलत रहेको ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण