बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ

आइतबार, १३ चैत २०७८, १६ : १२
आइतबार, १३ चैत २०७८

महोत्तरीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट प्रहरीले सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादवलाई श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित पक्राउ गरेको हो । यादवसहित सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए ।

उनीहरुको साथबाट  ज ९ प ८२४७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको पंगेनीले बताए । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको पंगेनीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप