एमाले बैठकमा चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्ताबारे ओलीको ब्रिफिङ
नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो । बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफु र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् ।
वाङसँगको भेटवार्तामा अध्यक्ष ओलीले आफुले नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको भन्दै त्यसक्रममा विदेशमन्त्री वाङले पनि नेपालको विकासको साझेदारको रुपमा भुमिका खेल्ने चिनियाँ सरकारको नीति रहेको जानकारी गराएको बताए ।
बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको भन्दै राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदाका गरिएको बताए । उनले निर्वाचन आयोगले विगतमा पनि एमालेप्रति भेदभाव गरेको भन्दै अबदेखि आयोगबाट त्यस्ता काम स्थायी कमिटी बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रीत ठोस कार्ययोजना बनाएर पार्टी परिचालन गर्ने योजना रहेको एमालेले जनाएको छ । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण