शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारसम्बन्धी तालिम हुँदै

आइतबार, १३ चैत २०७८, १५ : ४८
आइतबार, १३ चैत २०७८

देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ,संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो ।

तालिम धेरैजसो ठाउँमा नि: शुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर संचालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताए  । अभियानअन्तर्गत रुकुम, बिराटनगर, धरान, दमक, चितवन, जनकपुर, बीरगंज, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको हो ।

सो तालिममा तालिमकर्ताको रुपमा सेयर बजारका पुराना तथा अनुभवी लगानी कर्ता एवम् सेयर बजार विश्लेषक सुबास चन्द्र भट्टराई रहने छन् भने कार्यक्रमलाई स्थानीय संघ संस्थाले सहआयोजना गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप